Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

    विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 420
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि २०८० को मस्यौदा तयार गरी राय–सुझाव मागेको छ ।

    विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपालीलाई विदेशबाटै यस प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज बिहीवार वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो ।



    मस्यौदामा आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता गर्न देश तोकी त्यो देशको सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरिएको छ । दर्ताका लागि सम्बन्धित कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था गरिएको छ ।



    विदेशमा रहेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने ठाउँ र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार