Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, कोशी ‘विद्रोह’बारे छलफल हुने

    कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, कोशी ‘विद्रोह’बारे छलफल हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 744
    SHARES

    काठमाडौं । कोशी प्रदेशमा डा. शेखर कोइराला पक्षले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षको आह्वानमा कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

    कोशी कांग्रेसले शुक्रवार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठक शुक्रवार विहान ११ बजे बस्नेछ ।



    सत्ता गठबन्धनको निर्णयविरुद्ध नेकपा एमालेसँग मिलेर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवा पक्षधर कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बेलाएको छ ।



    गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेसँगै पार्टीमा विद्रोह भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार