Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालगञ्जमा आगलागी, सात पसलमा क्षति

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित बीपीचोकमा शुक्रबार बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार विद्युत् चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलका सामान जलेर नष्ट भएका हुन् ।

अधिकांश सामान जलेर नष्ट भएको छ भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताइएको छ ।

आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077