Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन केदार कार्कीलाई कोशी कांग्रेसको आग्रह

    मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन केदार कार्कीलाई कोशी कांग्रेसको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 2.5K
    SHARES

    विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।

    कांग्रेसको कार्यसम्पादन समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।



    समितिले कोशीको कांग्रेस संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई पालना गर्न पनि अनुरोध गरेको छ।



    बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ भने केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।

    सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर केदार कार्कीसहित कांग्रेसका सांसदहरूले उक्त निर्णयलाई चुनौती दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार