Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेपाली जनताको सुख दुःखको साथी पार्टी हो : उपसभापति खड्का

जाजरकोट । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुः खको साथी पार्टी भएको बताएका छन् ।

नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले सो कुरा बताएका हुन् । उनले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीन वटै तहमा पहिलो दल बनाएको उल्लेख गरे ।

कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुः खको साथी पार्टी भएर काम गर्नुपर्ने उनले बताए ।

रक्षामन्त्रीसमेत रहेका खड्काले नेपाली कांग्रेसभित्र रुपातन्तरणको कुरा चलिरहेको विषयलाई संकेत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा कांग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैबाट सुधारको सुरुवात गर्नु नै पार्टीको सहि रुपान्तरण हुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077