Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेस नेपाली जनताको सुख दुःखको साथी पार्टी हो : उपसभापति खड्का

    कांग्रेस नेपाली जनताको सुख दुःखको साथी पार्टी हो : उपसभापति खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 567
    SHARES

    जाजरकोट । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुः खको साथी पार्टी भएको बताएका छन् ।

    नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले सो कुरा बताएका हुन् । उनले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीन वटै तहमा पहिलो दल बनाएको उल्लेख गरे ।



    कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुः खको साथी पार्टी भएर काम गर्नुपर्ने उनले बताए ।



    रक्षामन्त्रीसमेत रहेका खड्काले नेपाली कांग्रेसभित्र रुपातन्तरणको कुरा चलिरहेको विषयलाई संकेत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा कांग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैबाट सुधारको सुरुवात गर्नु नै पार्टीको सहि रुपान्तरण हुनेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार