Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बित

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गरी पदमा बसिरहँदा प्रमाण नष्ट हुनसक्ने जनाउँदै बसौलाला तीन महिनाका लागि निलम्बन गरेको हो ।

मन्त्रालयले आज जारी गरेको सूचनामा भनिएको छ, 'नेपाल सरकार मन्त्रिपरिषदको यही २४ गतेको निर्णय अनुसार कार्यकारी निर्देशक पदमा राखिरहँदा तपाईंउपर लगाइएको आरोपको प्रमाण नष्ट गर्न सक्ने र तपाईंको गैरजिम्मेवारीपूर्ण काम कारबाहीले स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानीसमेत गर्न सक्ने देखिएको हुँदा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाका लागि कार्यकारी निर्देशक पदबाट आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको बेहोरा निर्णयानुसार अनुरोध छ ।’

बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077