Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बिपीको विचार नमान्दा पार्टी झन कमजोर हुँदैछ : शशांक कोइराला

काडमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास कारण कांग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताएका छन्।

नेपाली कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिले दशैं, तिहार तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले भने,‘बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अङ्गालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन ।’

नेता कोइरालाले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कांग्रेसका नेता दीलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान कांग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसको काँधमा रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077