Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • ‘कौसीद’को ‘क्लाइमेक्स’मा सेन्सर बोर्डको आपत्ति

    ‘कौसीद’को ‘क्लाइमेक्स’मा सेन्सर बोर्डको आपत्ति

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 495
    SHARES

    काठमाडौं । सेन्सर बोर्डले फिल्मको क्लाइमेक्समा आपत्ति जनाएपछि प्रदर्शन तयारीमा रहेको फिल्म ‘कौसीद’को बिहानी र दिउँसोका शोको प्रदर्शन रोकिएको छ ।

    क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डले निर्मातालाई सच्याएर ल्याउन निर्देशन दिएको छ । सेन्सर बोर्डले फिल्मको क्लाइमेक्स सच्याएर ल्याए मात्र प्रदर्शन अनुमति दिइने बताएको छ ।



    बोर्डले सच्याएर फिल्म ल्याउन र त्यो भाग फाल्न निर्मातालाई भनिसकेको छ । सेन्सर बोर्डको निर्देशनअनुसार आफूहरुले बेलुकासम्म फिल्मलाई रिलिज गर्न लागेको निर्माता केदार भुसालले बताए ।



    फिल्म रिलिज नभएपछि हलले पूर्वप्रकाशित शोको टिकट शुल्क दर्शकलाई फिर्ता दिइसकेका छन् । निर्माता भुसालका अनुसार अपरान्हदेखि फिल्म रिलिज हुने अपेक्षा गरिएको छ ।

    कुमार भाष्कर निर्देशित यो फिल्ममा ऋचा शर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार