Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चलचित्र ‘काँडेतार’ प्रर्दशनमा सरकारले लगायो रोक

    चलचित्र ‘काँडेतार’ प्रर्दशनमा सरकारले लगायो रोक

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 600
    SHARES

    काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’ लाई सरकारले प्रर्दशनमा रोक लगाएको छ ।

    चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो ।



    चलचित्र निर्माण टिम उक्त सम्वाद र दृष्य काट्न तयार नभएपछि बोर्डले प्रदर्शनमा रोक लगाएको हो ।



    निर्माता तथा निर्देशक नवल खड्काले भने कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न आफूले अनुरोध गरेको बताएका छन् ।

    कुनै पनि दृश्य वा सम्वादहरू नकाटी जस्ताको त्यस्तै दर्शकसामु पुर्‍याउन रोक लगाए न्यायका लागि अदालतसमेत जान सक्ने उनको भनाई छ ।

    चलचित्रमा खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार