Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • असार १५ गतेबाट रिलिज हुने ‘परस्त्री’ले पायो पीजी सर्टिफिकेट 

    असार १५ गतेबाट रिलिज हुने ‘परस्त्री’ले पायो पीजी सर्टिफिकेट 

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । यहि असार १५ गतेबाट रिलिज हुने नेपाली कथानक चलचित्र ‘परस्त्री’ले को सेन्सर पास भएको छ । बोर्डले आपत्ति जनाएको दृश्य मेकरले परिमार्जित गरेपश्चात् शुक्रबार फिल्मले जाँचपासको प्रमाणपत्र पाएको हो ।

    सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति) ले आज पीजी सर्टिफिकेट दिएपछि ‘परस्त्री’को रिलिजका लागि बाटो खुलेको छ । यसअघि सेन्सर बोर्डले चलचित्रमा रहेका केही सिन नहटाउँदासम्म रिलिजका लागि अनुमति दिन अस्वीकार गरेको थियो ।



    सिनेमा हेर्न १८ वर्षमुनिका बालबालिकाले अभिभावक लिएर मात्रै हल जानुपर्ने गरि चलचित्रमा रहेका केही सिन हटाए र केही सिन ब्लोर गरेपछि बोर्डले पीजी सर्टिफिकेट दिएको हो ।



    नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने फिल्ममा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथालाई देखाईएको छ ।

    सुरज पाण्डेद्धारा निर्देशित फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार