Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न सक्तिनँ, म पूर्णप्रतिबद्ध छु : रक्षामन्त्री खड्का

    नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न सक्तिनँ, म पूर्णप्रतिबद्ध छु : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 798
    SHARES

    काठमाठडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न नसक्ने बताएका छन् ।

    उनले नेपाली सेनाको भावी प्रधान सेनापतिको नाममा आफ्नोसमेत नाम जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको बताउँदै आइतबार ट्वीटरमार्फत यस्तो बताएका हुन् ।



    उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता खड्काले सेनाको भावी सेनापतिको नाममा आएका समाचार भ्रामक र असत्य भएकोसमेत बताए ।



    ‘नेपाली सेनाको भावि प्रधान सेनापतिको नाममा मेरो नाम समेत जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रष्ट पार्न चाहान्छु,’ उनले लेखेका छन्, ‘सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको बिपरित गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिन, म यसप्रति पूर्णप्रतिबद्ध छु।’

    माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको पदावधि सरकारले तीन वर्ष थपेकोमा केही नेताहरु असन्तुष्ट बनेका छन्। यहि असोज १ गतेबाट सेवा अवधि सकिएका अधिकारीको म्याद सरकारले तीन वर्षको लागि थप गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार