Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्तमान गठबन्धन कुनै हालतमा पनि नढल्ने माधव नेपालको दाबी

वीरेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने बताएका छन् ।

सुर्खेतमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको सरकार तलमाथि नहुने दाबी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने जिकिर गरे ।

अध्यक्ष नेपालले भने, ‘कतिपयलाई लागेको होला, यो गठबन्धन सरकार टिक्छ कि टिक्दैन भन्ने । कोशी प्रदेशमा नयाँ समस्या खडा भयो । त्यसले यो सरकारमाथि आशंका उठेको हुनसक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन । कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्नेवाला छैन । किनभने हामी छौं । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ ।’

देशलाई सही दिशा दिन गठबन्धन बनाएको उनले बताए । नेता नेपालले अहिले जनतामा विरोधीहरुले सबै पार्टी एउटै भन्ने भ्रम फैलाइरहेको बताए ।

अध्यक्ष नेपालले न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताको बीचमा आएको बताए । उनले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077