Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली नोट दिएर सामान किन्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भई ललितपुरको झरूवासी बस्ने ३२ वर्षीय कुमार वाइबा रहेका छन् ।

प्रहरी प्रभाग लगनखेलको टोलीले वाइबालाई ललितपुर महानगरपालिका वडा नम्बर ५ लगनखेल बसपार्कबाट नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रहरीले वाइबाको साथबाट एक हजारका नक्कली नोट ११ वटा बरामद गरेको छ । वाइबा नक्कली नोट लिएर लगनखेलको खुद्रा व्यवसाय गर्ने एक पसल पुगेका थिए।

उनले त्यहाँ चुरोट किन खोजेका थिए। तर पैसा नक्कली परेको थाहा पाएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट नक्कली नोट बरामद पनि बरामद भएको थियो।

नक्कली नोट प्रयोग गर्दा विशेषगरी थोरै मूल्यको सामान खरिद गरी सक्कली नोट फिर्ता लिने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077