Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बडा दसैँको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

    बडा दसैँको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 819
    SHARES

    काठमाडौं । आज नवरात्रको तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ ।

    आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै रहेको छ ।



    घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले सिंचित गरिन्छ ।



    तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ ।

    हिन्दु धर्म, संस्कृतिअनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार