Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आगामी दसैँ डेढ हप्ता छिटो

    आगामी दसैँ डेढ हप्ता छिटो

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 2.6K
    SHARES

    काठमाडौँ । आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ । यो वर्षको दसैँ कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ । तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ । २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ । समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय सार्वजनिक भएको छैन ।



    विजया दशमी २६ गते परेको छ । असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ । विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ ।



    १२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रवार औशी परेको छ । विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार