Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ आज, आचार्यलाई पहिलो नागरिकता !

काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता वितरणको आज शुभारम्भ हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्न लागेका हुन् । पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरिने भएको छ ।

आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् । यस्तै आजबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेसन काठमाडौंमा सुरु हुँदैछ ।

पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077