Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संविधानको कार्यान्वयनमा चिन्ता र चुनौती थपिँदै गयो : उपप्रधानमन्त्री खड्का

    संविधानको कार्यान्वयनमा चिन्ता र चुनौती थपिँदै गयो : उपप्रधानमन्त्री खड्का

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 513
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताएका छन् ।

    नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।



    उनले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताए ।



    “संविधान कार्यान्वयनका चुनौती अझै बाँकी रहेका छन्, त्यसप्रति सजग हुन आवश्यक छ, संविधानले दिएको मौलिक हक जोगाउने चुनौती थपिएको छ, यसमा कांग्रेस जिम्मेवार भएर लाग्नुपर्छ” उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार