बारा । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री मधेश प्रदेश उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् ।
प्रहरी दिवस २०८० को अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा डीएसपी क्षेत्रीलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक क्षेत्री फागुन १ गतेदेखि ईप्रका सिमराको प्रमुख रुपमा कार्यरत छन् ।
क्षेत्री २०६१ साल जेठ १५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।