Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजिनामा, यस्तो छ कारण

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामुहिक राजिनामा दिएका छन् ।

बोर्ड सदस्य डा सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामुहिक राजिनामा दिएका हुन् । नौ महिनादेखि स्वास्थ्य बीमा बोर्ड अध्यक्षविहीन छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमवार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077