Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलले दिए दसैँको शुभकामना, भने - सामाजिक सद्भाव र एकता अभिवृद्धि गरोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दसैं पर्वले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार बडा दसैंको शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सवैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्यायि र समानता सहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्राप्त होस् भन्ने कामना गर्दछु।’

बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतस्स्फुर्त अभिव्यक्त हुन प्रचलनले यसको महत्व रहिआएको भन्दै राष्ट्रपतिले परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइने यस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

‘बडा दसैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रही आएको छ। यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो। त्यसैले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने मेरो विश्वास छ। यस पर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भन्ने पनि कामना गर्दछु,’ उनले सन्देशमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077