Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाजाको चर्च नजिकै इजरायली आक्रमण, १८ जनाको मृत्यु

एजेन्सी । गाजा सहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौँ क्रिस्चियन हताहाती भएको र अल–शिफा अस्पतालमा पुगेको बताइएको छ ।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएअनुसार इजरायली हवाई आक्रमणबाट बच्न ४०० भन्दा बढी मानिसहरू, (इसाई र मुस्लिमहरू) ले चर्चमा शरण लिएका थिए ।

यसैबिच इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रवार विज्ञप्ति जारी गर्दै बिहीबार राति उसको लडाकु विमानहरूले हमास विद्रोहीहरूको कमान्ड र नियन्त्रण केन्द्रलाई निशाना बनाई आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077