Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुटवा पेस्तोलसहित तीनजना पक्राउ, तीन राउण्ड गोली पनि बरामद

मोरङ । मोरङबाट प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको धनपालथान गाउँपालिका–२ पैठास्थित रोकिराखेको स्कार्पियो गाडीमा लुकाईछिपाई हतियार राखेका तीन जनालाई पक्राउ गरिएको हो ।

शुक्रबार राति साढे ९ बजेतिर कर्सियाको भित्री सडकमा रोकिराखेको उक्त स्कार्पियोलाई प्रहरी चौकी अमाहीबरियाती र सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त गाडीको ड्यासबोर्डभित्र कपडामा बेरेर राखेको कुटवा पेस्तोल एक थान र तीन राउण्ड गोली फेला पारेको थियो।

स्कार्पियो चालकसमेत रहेका सर्लाहीको हरिपूर्वा नगरपालिका–७ का २७ वर्षीय रविन्द्रकुमार यादवलाई नियन्त्रणमा लिइएको थियो। उक्त गाडीमा सवार २० वर्षीय कमलेशकुमार यादव र महोत्तरीका राम दयाल यादव फरार भएका थिए।

उनीहरु दुवै जनालाई धनपालथान गाउँपालिका–३ दशगजा क्षेत्रबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077