काठमाडौं । प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट इजरायलमा निधन भएका चारजना नेपालीको शव आइतवार नेपाल आइपुग्ने भएको छ ।
परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आइतवार बिहान ९ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा शवहरू आइपुग्ने भएका हुन् ।
एनपी साउद र इजरायली राजदूत विमानस्थल पनि विमानस्थल जाने कार्यतालिका छ ।
साथै, शवहरू आइतवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको बताइएको छ ।
हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो ।