Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलमा मारिएका चार विद्यार्थीको शव हेलिकोप्टरमार्फत धनगढी लगियो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परि निधन भएका चार विद्यार्थीको शव धनगढी लगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका चार वटा पार्थिव शरीरलाई नेपाली सेनाको स्काइ ट्रकबाट कैलालीको धनगढी विमानस्थल लगिएको हो ।

इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव आइतबार नेपाल ल्याइएको हो। फ्लाई दुबईको विमानमार्फत शव नेपाल ल्याइएको थियो।

दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077