Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनए शर्मा समूह र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को असन्तुष्ट समूह र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । असन्तुष्ट पक्षका अध्यक्ष आरके शर्मा नेतृत्वको टोली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताए ।

सो अवसरमा असन्तुष्ट समूहका अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्य गर्न तयार रहेको बताए । आफूहरू गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने अभियानमा रहेको उनको भनाइ थियो।

उक्त भेटमा कुल आचार्य,महेश श्रेष्ठ, गोविन्द श्रेष्ठ,गंगाधर गौतम, बुद्धिसागर सुवेदी, प्रविन गुरुङ,टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली, ठाकुर ढुंगाना, डीबी क्षेत्री, नारायण आचार्य, चिन्तामणि सापकोटालगायत अभियन्ताहरू सहभागी थिए।

शर्मा नेतृत्वको टोलीले आइतबार नै अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077