Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायल-प्यालेस्टाइन युद्ध : पूर्ववर्ती सम्झौता पालना गर्न नेपालका ७ पूर्वराजदूतहरूको आह्वान

काठमाडौं । हमास–इजरायल द्वन्द्वका क्रममा संयमता अपनाउनका लागि नेपालका सात पूर्वराजदूतहरूले आह्वान गरेका छन् । पूर्ववर्ती सम्झौताहरु पालना गर्न पूर्वराजदूतहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

पूर्वराजदूतहरु निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीप कुमार उपाध्याय, डा। दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले संयुक्त विज्ञप्ति जारी गर्दै संयम रहन आह्वान गरे ।

पूर्वराजदूतहरुले आफूहरु प्यालेस्टाइनका जनताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनीहरूले इजरायल र प्यालेस्टाइनबीच चलेको हिंसाबाट आफूहरू गम्भीर रूपमा चिन्तित भएको उल्लेख गरेका छन्।

'यस हिंसामा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि गरेको नेपाली र अन्य धेरै मुलुक लगायतका निहत्था नागरिकमाथिको हमलाबाट १४०० जनाभन्दा बढीको हत्या, अरू हजारौंलाई घाइते बनाउने र कैयौंलाई बन्धक बनाउने काम भयो,' विज्ञप्तिमा भनिएको छ, 'हामी प्यालेस्टाइनी जनताको अधिकारका पक्षमा छौं तर आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भर्त्सना गर्छौं।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077