Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलले गर्‍यो लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतबार घोषणा गरेको छ ।

इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम ९गाउँहरू०लगायतका छन् ।

शुक्रबार रक्षा मन्त्रालयले उत्तरी इजरायली शहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमा नजिकै २२,००० जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको हो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलका शहर र सैन्य चौकीमा हमासले आक्रमण गरेको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकु समूहसित इजरायलको लडाइँ बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077