Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु, १४ घाइते

एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतवार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन् ।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो ।

तटरक्षक अधिकारीहरू उद्धारमा संलग्न रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077