Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले बन्धक बनाएकामध्ये थप दुईजना रिहा

एजेन्सी । प्यालेस्टाइनको विद्रोही लडाकु समूह हमासले थप दुई जना बन्धकलाई रिहा गरेको छ ।

हमासले इजिप्ट र कतारको मध्यस्थतामा नुरिट कुपर र योचेभ लिफसिट्ज नाम गरेका दुई जना व्यक्तिको रिहा गरेको हो ।

यसै महिनाको ७ तारिखमा हमासले अप्रत्यासित रुपमा इजरायलमा आक्रमण गर्दै दुई सय २० जनाभन्दा धेरैलाई अपहरण गरेको थियो ।

यसअघि दुई जना रिहा भएकोमा हिजो थप दुई जना रिहा भएका हुन् । कतारले आफ्नो मध्यस्थतामा थप ५० जना बन्धक रिहा गर्न हमास तयार भएको उल्लेख गरेको छ ।

तर हमासले युद्धविराम र गाजामा थप सहायता पठाउने ग्यारेन्टी भएमा मात्रै थप बन्धकहरूलाई रिहा गर्ने अडान लिएको छ । तर इजरायलले भने गाजा ध्वस्त पारिने त्यसको लागि हतियारले सुसज्जित सेना तयारी अवस्थामा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077