Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई विजयादशमीको टीका

    पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई विजयादशमीको टीका

    अनलाइन नेपाल
  • मंगलबार, ७ कार्तिक २०८०
  • 678
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन् । मंगलबार उनले महाराजगन्जस्थित निर्मलनिवासमा पुगेका सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

    पूर्वराजाको हातबाट टीका र प्रसाद ग्रहण गर्न राजावादी र सर्वसाधारण निर्मलनिवास पुगेका थिए ।



    हरेक वर्ष दसैँमा पूर्वराजा शाहले सर्वसाधारण समेतलाई टीका र जमरा लगाउँदै आएका छन् । सो अवसरमा पूर्वयुवराज पारस शाहको पनि उपस्थिति रहेको थियो ।



    दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार