Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रवीन्द्र मिश्र भन्छन् - अर्को दशैंमा नारायणहिटी दरबारमा टिका लगाउन पाइयोस्

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउन पाईयोस भन्ने चाहना राखेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा टिका ग्रहण गरेको तस्विर सार्वजनिक गर्दै मिश्रले यस्तो चाहना राखेका हुन् ।

उनले निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेको र शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्-

“सरकार ! अर्को दशैँमा
नारायणहिटी दरबारमा
टीका लगाउन पाइयोस् !”

तीन घण्टा लाइनमा बसेर टीका लगाउँदा मैले भनेँ । बाहिर आएर समाचार हेर्दा थाहा पाएँ : निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ।

फरक यही हो । राजा र राष्ट्रपतिबीच! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077