Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईजीपी कुँवरले लगाइदिए सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका

    आईजीपी कुँवरले लगाइदिए सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडादसैंको अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित कर्मचारीहरूलाई आईजीपी कुँवरले टिका तथा जमरा लगाइदिएका हुन् ।



    साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थितहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् ।



    ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजे देखि ४ बजेसम्मको समय तोकिएको थियो ।

    टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार