Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : सिटी, पीएसजी र बार्सिलोना विजयी

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले योङ बोइजमाथि शानदार जित निकालेको छ।

योङ बोइजको मैदान वाङ्कडोर्फ स्टेडियममा भएको खेलमा सिटीले ३-१ गोलले उसकै मैदानमा हरायो ।

सिटीको जितमा आकान्जी, हालान्ड र पेनले गोल गरे बोइजका इलाले एक गोल फर्काए । यस्तै यही समूहको अर्को खेलमा आरबी लाइपजिगसँग रेडस्टार बेलग्रेड ३-१ ले पराजित भयो ।

शनिबार नै भएको समूह एफको खेलमा पीएसजीले एसी मिलानलाई ३-० ले हरायो । गएराति यही समूहको अर्को खेलमा बुर्नोसिया डटमन्डले न्यूक्यासललाई १-० ले हरायो।

यस्तै समूह एचको खेलमा बार्सिलोनाले शक्तर डोनत्स्कलाई २-१ गोलले हरायो। जितसँगै बार्सा समूह एचमा अपराजित छ। गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिड सेल्टिकसँग २-२ को बराबरीमा रोकियो। एफसी पोर्टोले रोयल एन्टवार्पलाई ४-१ ले हरायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077