Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भयो

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमाफर्त पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् । आफूले २०७२ सालदेखि नै अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’ को आवश्यकता महसुस गरे पनि पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन् – 'हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ। परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन। केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेका छौँ।' यस्तै उनले यो वीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक रहेको बताए । 'असन्तुष्टी नै नयाँ सिर्जनाको जननी हो भने झैं यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ', उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077