Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

क्रान्तिकारीका प्रवक्ता बाँस्तोला ८ दिनदेखि प्रहरी हिरासतमा

दाङ । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला आठ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत् कात्तिक २ गते राति दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।

बाँस्तोला अझै तीन दिनभन्दा बढी हिरासतमा बस्नुपर्ने देखिएको छ। दाङ प्रहरीका अनुसार दसैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरू हुने हुँदा नेता बास्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको छ।

नेता बाँस्तोलालाई घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासतमा राखिएको छ ।

दसैंको समयमा आफैं गाडी चलाउँदै सुर्खेतस्थित घर तर्फ जान हिडेका नेता बाँस्तोला दुर्घटनाका कारण घर जान नपाई प्रहरी हिरासतमा बस्नु परेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077