Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्यालेस्टाइनले सार्वजनिक गरेको मृतकको संख्यामा विश्वास छैन : अमेरिकी राष्ट्रपति

    प्यालेस्टाइनले सार्वजनिक गरेको मृतकको संख्यामा विश्वास छैन : अमेरिकी राष्ट्रपति

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 735
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको आक्रमणबाट मृत्यु भएका भनेर प्यालेस्टाइनले सार्वजनिक गरिरहेको तथ्यांकमा आफूलाई विश्वास नलागेको बताएका छन्।

    पत्रकार सम्मेलनमा राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनले सार्वजनिक गरिरहेको मृतकको संख्यामा आफूलाई विश्वास नलागेको बताएका हुन्।



    गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले सात अक्टुबरदेखि जारी भएको इजरायली आक्रमणबाट २७ बालबालिकासहित ६५०० प्यालेस्टाइनीको मृत्यु भएको दावी गरेको छ।



    बाइडेनले वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टाइनीहरूमाथि गरेको आक्रमणले तनावमा ‘पेट्रोल थपेको’ भन्दै निन्दा गरेका छन् । बाइडेनले इजरायलीहरूले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको बढ्दो आक्रमणको अन्त्य गर्न आहृवान समेत गरे।

    अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमण र घेरामा परेको गाजा पट्टीमा इजरायलले निरन्तर बमबारी गरेपछि वेस्ट बैंकमा प्यालेस्टिनीहरू विरुद्ध हिंसा बढेको छ ।

    प्यालेस्टिनी अधिकारीहरूका अनुसार केही वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टिनीहरूको हत्या समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार