Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इजरायलको सुरक्षाप्रति अमेरिका प्रतिवद्ध छ : राष्ट्रपति बाइडेन

    इजरायलको सुरक्षाप्रति अमेरिका प्रतिवद्ध छ : राष्ट्रपति बाइडेन

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 240
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहोर्‍याएका छन् ।

    ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताएका हुन् ।



    उनले द्वन्द्वलाई थप फैलिन नदिने आवश्यकतालाई जोड दिए । उनले युद्धविरामका लागि प्रतिवद्ध रहेको पनि बताए ।



    इरानले शनिवार इजरायलकोविरुद्ध ठूलो आक्रमण गरेपछि बाइडेनको पहिलो सार्वजनिक टिप्पणी हो ।

    बाइडेन प्रशासनले इरानी आक्रमण र सम्भावित इजरायली सैन्य प्रतिक्रियाले अन्यथा निम्त्याउने फराकिलो क्षेत्रीय युद्धलाई रोक्न कोशिस गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार