Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अमेरिकी राष्ट्र्रपति बाइडेनको कुकुरलाई घर निकाला

    अमेरिकी राष्ट्र्रपति बाइडेनको कुकुरलाई घर निकाला

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको कुकुरलाई घर निकाला गरिएको छ ।

    राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो ।



    दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के गर्ने भन्ने चाहिं निर्णय भैसकेको छैन् । गत हप्तामात्रै कमान्डरले सेक्रेट सर्भिसका एक कर्मचारीलाई टोक्दा उनको उपचार नै गर्नुपरेको थियो ।



    यो कुकुरले हालसम्म ह्वाइट हाउस परिसरका साथै डेलावेरस्थित निवासमा सुरक्षा गार्ड तथा कर्मचारीलाई गरी ११ पटक टोकिसकेको छ ।

    बाइडेनको कुकुरले ११ भन्दा धेरै पटक मानिसहरुलाई टोकेको विषयमा सिएनएनले समाचार सार्वजनिक गरेसँगै ह्वाइट हाउसले विज्ञप्ति निकालेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार