Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा उजुरी

    शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै एक महिलाले उजुरी दिएको घटना सार्वजनिक भएको छ । सो घटना भारतको हो ।

    बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् ।



    विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।



    यस्तै उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई जानकारी गराए पनि कसैले वास्ता नगरेकोसमेत उल्लेख गरेकी छिन् । पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ ।

    ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको हो । सो विषयमा प्रहरीले उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार