Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जब बहिनीलाई पास गराउन दाजु प्रहरी बनेर परिक्षा हलमा छिरे…

    जब बहिनीलाई पास गराउन दाजु प्रहरी बनेर परिक्षा हलमा छिरे…

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    एजेन्सी । आफ्नी बहिनीलाई १२ कक्षाको परीक्षामा पास गराउन प्रहरीको भेष बनाएर परीक्षा हलमा छिरेका युवक पक्राउ परेका छन् ।

    भारतमा प्रहरीहरूले प्रहरी पोसाकमा परीक्षा हलभित्र गएका २४ वर्षका अनुपम मदन खन्दारेलाई पक्राउ गरेका हुन् ।



    यो घटना महाराष्ट्रको हो । फेब्रुअरी २१ मा भारतको महाराष्ट्रमा उच्च माध्यमिक बोर्डको परीक्षा सुरु भएको थियो ।



    राज्यको पतुर सहरस्थित शाहबाबु उर्दु उच्च विद्यालयमा परीक्षा चलिरहँदा खन्दारे प्रहरी पोसाकमा छिरे ।

    ती युवक परीक्षामा चिट चोर्नबाट रोक्न होइन आफ्नी बहिनीलाई चिट चोराउन गएका थिए । प्रहरीहरूले उनलाई हिरासतमा राखेका छन् । सरकारी कर्मचारीको भेष धरेको भन्दै अभियोग पनि चलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार