Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एक बर्षसम्म सार्वजनिक भएन स्नातक प्रथम वर्षको परीक्षाको नतिजा

    एक बर्षसम्म सार्वजनिक भएन स्नातक प्रथम वर्षको परीक्षाको नतिजा

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 927
    SHARES

    काठमाडौं । २०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालयले अझै सार्वजनिक गरेको छैन ।

    नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने नतिजा सार्वजनिक हुने क्रममा रहेको र कतिपय विषयको सार्वजनिक हुन थालेको बताए ।



    उनले भने, ‘कतिपय विषयको सार्वजनिक भइरहेका छन् । सम्भवत साउन महिनाभित्र सार्वजनिक भइसक्छन् ।’ विविध समस्याले गर्दा समयमा नतिजा प्रकाशन गर्न ढिलाइ भइरहेको बताए ।



    कोभिड–१९ महामारीका कारण स्नातक तहको तेस्रो वर्षको परीक्षा सरेर चैतमा मात्रै भएको थियो । तेस्रो वर्षको नतिजा पनि अझै सार्वजनिक हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार