Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सरोकारवाला भन्छन्-‘नयाँ शैक्षिकसत्र वैशाखमा असम्भव’

    सरोकारवाला भन्छन्-‘नयाँ शैक्षिकसत्र वैशाखमा असम्भव’

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले नयाँ शैक्षिकसत्र वैशाखमै शुरू गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन् । उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा शुरू गर्नुपर्नेमा जोड दिएका छन् ।

    महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र शुरू गर्नु उपयुक्त हुने जानकारी दिए ।



    उनले भने–‘फागुनदेखि शैक्षिकसत्र शुरू भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिकसत्र हुनसक्छ ?’ गत वर्षको शैक्षिकसत्र असारमा शुरू भएको जिकिर गर्दै उनले २०८० सालदेखि मात्रै वैशाखमै शुरू गर्नु उपयुक्त हने धारणा व्यक्त गरे ।



    उनका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लंघन गर्दै भौतिक रूपमा करिब ९० दिनमात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार