Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ननुहाएको र दाँत नमाझेको भन्दै श्रीमतीले हालिन् श्रीमानविरुद्ध मुद्दा, मागिन् डिभोर्स

    ननुहाएको र दाँत नमाझेको भन्दै श्रीमतीले हालिन् श्रीमानविरुद्ध मुद्दा, मागिन् डिभोर्स

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 3.7K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । ननुहाएको, जीउबाट पसिना ह्वास्स गन्हाएको र दाँत पनि हप्तामा एक दुई पटक मात्रै माझ्ने गरेको भन्दै एक महिलाले आफ्नै श्रीमानविरुद्ध मुद्दा हालेकी छिन् ।

    सो घटना टर्कीको हो । ती महिलाको पहिचान टर्कीस सञ्चार माध्यमहरुले ए. वाई. भनेर उल्लेख गरेका छन् । व्यक्तिगत सरसफाइ फिटिक्कै नगरेको भन्दै महिलाले पतिसँग सम्बन्ध विच्छेदको माग गरेकी थिइन् ।



    पतिले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिन एउटै लुगा लाउने, कमै नुहाउने गर्दा शरीरबाट पसिनाको गन्हाउने गरेको उनले दाबी गरेकी छन् ।



    उनले अंकारास्थित १९ औँ पारिवारिक अदालतमा पतिविरुद्ध बयान दिएकी हुन् ।

    अदालतले महिलाको पारपाचुकेको अनुरोधलाई स्वीकार गरेको छ भने श्रीमानलाई ५ लाख टर्कीस लिरा क्षतिपूर्ति पनि तिर्न आदेश दिएको छ । हालै भएको पछिल्लो फैसलामा पुनरावेदन अदालतले क्षेत्रीय अदालतको निर्णयलाई कायम राखेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार