Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ५७ बर्षीय अमेरिकी अर्बपति व्यापारीमाथि ५ हजार महिलाहरुसँग शारीरिक सम्बन्ध राखेको आरोप

    ५७ बर्षीय अमेरिकी अर्बपति व्यापारीमाथि ५ हजार महिलाहरुसँग शारीरिक सम्बन्ध राखेको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । अमेरिकी एक अर्बपति व्यापारी माइकल गोगुएनमाथि ५ हजार महिलाहरुको स्प्रेडशीट विवरण बनाएर राखेको आरोप लागेको छ ।

    डेलीस्टारको रिपोर्टअनुसार व्यापारी गोगुएनमाथि ५ हजार महिलाहरुसँग शारीरिक सम्बन्ध राखेको आरोप लागेको छ। रिपोर्ट अनुसार यी अर्बपतिमाथि उनका पूर्व कर्मचारीहरुले मुद्दा हालेका छन।



    माइकल गोगुएन भेन्चर यन्भेस्टमेन्ट फर्म सिकोइया क्यापिटलमा पार्टनर रहेका उनी आफैं फर्म चलाउँछन् । उनीमाथि यसअघि पनि यौन शोषणका आरोप लागिसकेको बताइएको छ ।



    २ सन्तानका पिता समेत रहेका उनी ५७ वर्षका छन् । उनीविरुद्ध उनका ४ जना पूर्व कर्मचारीहरुले मुद्दा दर्ता गराएका हुन् ।

    यी पूर्व कर्मचारीहरुको दावीअनुसार माइकलले कथित रुपमा आफ्नो ‘हरम’को रेखदेख गर्नको लागि उनीहरुसँग सहयोग मागेका थिए । ‘हरम’ त्यो ठाउँलाई भनिन्छ जहाँ एक वा एकभन्दा धेरै महिलाहरु वा पत्नीहरुलाई राखिन्छ ।

    यी घरहरुमा उनी युवतीहरुलाई शारीरिक सम्बन्धको लागि लैजान्थे । उनका पूर्व कर्मचारीहरुको दावीअनुसार उनको बारको बेसमेन्टमा एउटा ‘बुम बुम’ कोठा पनि छ जसमा एउटा स्ट्रिपर पोल छ ।

    यसअघि २०१६ मा गोगुएनमाथि उनकी गर्लफ्रेण्ड एम्बर ब्पाप्टिस्टरले लगातार यौन शोषणको आरोप लगाएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार