Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यस्तो छ विश्वका अर्बपतिको नयाँ सूची, विनोद चौधरीको सम्पत्ति कति छ ?

    यस्तो छ विश्वका अर्बपतिको नयाँ सूची, विनोद चौधरीको सम्पत्ति कति छ ?

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 585
    SHARES

    तस्बिर : फोर्ब्स पत्रिका

    एजेन्सी । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्स विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ ।

    यो गत वर्षको भन्दा १४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो । नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।



    विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन धेरै हो ।



    नयाँ सूची अनुसार अर्बपतिहरूको संख्या ८ सय १३ जनासहित अमेरिका पहिलो स्थानमा कायमै छ भने ४७३ जना अर्बपतिसहित चीन दोस्रो स्थानमा छ । त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या २ सय जना पुगेको छ ।

    यसैबीच कूल १ अर्ब ८ करोड अमेरिकी डलरसहित नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४औँ स्थानमा परेका छन् । गत वर्ष चौधरी १६ सय ४७औँ स्थानमा रहेका थिए । फोर्ब्सले गत मार्च ८ को शेयर मूल्य तथा विनिमयदरको आधारमा अर्बपतिहरुको सम्पत्ति गणना गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार