Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चिनियाँ राष्ट्रपति सीलाई अमेरिकी राष्ट्रपति बाइडेनले भने तानाशाह

    चिनियाँ राष्ट्रपति सीलाई अमेरिकी राष्ट्रपति बाइडेनले भने तानाशाह

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 939
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङबारे फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् ।

    क्यालिफोर्नियामा एसिया प्रशान्त आर्थिक सहयोगको शिखर सम्मेलनमा चिनियाँ समकक्षी सीसँगको भेटपछि बोल्दै अमेरिकी राष्ट्रपति बाइडेनले सीलाई पुन: ‘तानाशाह’ को संज्ञा दिएका हुन्।



    यसअघि यसै वर्षको जुनमा दुई देशबीच उच्च तहको कुराकानी भएको भोलिपल्टै बाइडेनले सीलाई तानाशाह भनेका थिए ।



    अमेरिकी हवाई क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको आरोप लगाउँदै सीलाई उनले तानाशाहको उपमा दिएका थिए । उनको टिप्पणीलाई चीनले गैरजिम्मेवारपूर्ण र बेवकुफी अभिव्यक्तिको संज्ञा दिएको थियो ।

    यस पटक चिनियाँ राष्ट्रपतिसँग निकै प्रभावकारी संवाद भएको बताइरहेका बेला बाइडेनको विवादास्पद भनाइ बाहिर आएको हो ।

    अहिलेसम्म यसबारेमा बेइजिङले केही प्रतिक्रिया जनाएको छैन । चिनियाँ सञ्चारमाध्यमले पनि विश्वका दुई प्रभावशाली नेताबीच सौहार्दपूर्ण र प्रभावकारी संवाद भएको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार