Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

धनगढीबाट लागूऔषधसहित ५ जना पक्राउ

धनगढी । प्रहरीले कैलालीको धनगढीबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानबाट ७२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित मनेहरा बस्ने २१ वर्षीय नरेश राना र पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट ३९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित स्थानीय २८ वर्षीय राकेश भट्टसहित ३ जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077