कैलाली । हमासको आक्रमणमा परी इजरायलमा मारिएका बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ ।
बिहीबार राति १ बजे नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइएको नेपालीको शव बझाङ पठाइएको हो ।
फ्लाई दुबईको विमानमार्फत् बिहीबार बिहान ७ बजे काठमाडौं पुगेको नेपालीको शव राति धनगढी ल्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। धनगढी नेत्रालयको एम्बुलेन्समार्फत् शवलाई राति नै बझाङ् पठाइएको बताइएको छ ।
नेपालीको आज नै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिनेछ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये चार जनाको शव आइतबार आफन्तको जिम्मा लगाइएको थियो।