Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेनलाई १५ करोड डलरको सैन्य सहायता दिने अमेरिकाको घोषणा

    युक्रेनलाई १५ करोड डलरको सैन्य सहायता दिने अमेरिकाको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 624
    SHARES

    एजेन्सी । अमेरिकाले युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

    अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।



    अमेरिकाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।



    हतियार र उपकरणहरूको यो नयाँ प्याकेजमा हवाई रक्षा, तोपखाना, एन्टी–ट्याङ्क र अन्य क्षमताहरू समावेश छन् जसले रुसी आक्रमणहरूविरुद्ध आफ्नो क्षेत्रको रक्षा गर्ने युक्रेनको क्षमतालाई अझ बढाउने छ।

    युक्रेनले रुसी सेनाहरू विरुद्ध आफ्नो जवाफी हमलालाई जारी राखेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    अमेरिकाले युद्धग्रस्त युक्रेनका लागि आफ्नो सहयोग दोहोर्याउँदै अमेरिका र उसका सहयोगी मुलुकहरूले रुसले आफ्नो सेना फिर्ता नगरेसम्म युक्रेनलाई सहयोग जारी राख्ने बताएको छ ।

    अगस्ट १४ मा अमेरिकाले युक्रेनका लागि २० करोड अमेरिकी डलरको सुरक्षा सहयोग घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार